दाङमा कार र माेटरसाइकल ठाेक्किदा तीनजना घाइते – Kanika Khabar
Thursday, February 13Nepali News Portal

दाङमा कार र माेटरसाइकल ठाेक्किदा तीनजना घाइते

    मा प्रकाशित

दाङ, ११ वैशाख ।
दाङमा कार र माेटरसाइकल ठाेक्किदा तीनजना घाइते भएका छन् । जिल्लाको तुलसीपुरमा कार र मोटरसाइकल ठोक्किदा पैदलयात्रीसहित ३ जना घाइते हुन् ।

घाइते हुनेमा तुलसीपुर–६ का २२ वर्षीय समिर थापा, तुलसीपुर–५ का २० वर्षीय गणेश बुढाथोकी र सोही ठाउँ निवासी पैदलयात्री १८ वर्षीय प्रतिभा वली रहेकाे प्रहरीले जनाएको छ ।

जिल्लाकाे घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बा.प्र. ०१०२६ च ४३२२ नम्बरको कार र तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प ९८६ नम्बरको मोटरसाइकल तुलसीपुर–६ गुल्मचोक नजिकै आज मङ्गलबार दिउँसो सवा २ बजेको समयमा ठोक्किदा दुर्घटना भएको थियाे ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तिनैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्