सम्बन्धित बैंकको एटिएमबाहेक अन्य बैंकबाट पैसा निकाल्दा थप शुल्क लाग्ने – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

सम्बन्धित बैंकको एटिएमबाहेक अन्य बैंकबाट पैसा निकाल्दा थप शुल्क लाग्ने

    मा प्रकाशित

कनिका खबर
साउन १, दाङ ।
आजबाट सम्बन्धित बैंकको एटिएम सम्बन्धित बैंकबाहेक अन्य बैंकबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।
जुनसुकै बैँकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था आजबाट हटाइएको हो । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैँकले नै गर्न पाउने भएका छन् । कोरोना सङ्क्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैँकर्स सङ्घसहित डेभलपमेन्ट बैँकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था सङ्घले एटीएम कार्ड जुनसुकै बैँकको एटीममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।
अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले आजबाट शुल्कबारे बैँकले नै निर्णय गर्न सक्ने तीनवटै संस्थाले एक विज्ञप्ति जारी गरेर जानकारी गराएका छन् । इन्टरनेट बैँकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।
ग्राहकको भीड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैँकहरूले अन्तर बैँक एटिएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्