आजबाट साझा यातायातको सेवा सुरु – Kanika Khabar
Friday, January 17Nepali News Portal

आजबाट साझा यातायातको सेवा सुरु

    मा प्रकाशित

कनिका खबर
साउन १, काठमाडौँ ।
साझा यातायातले आजबाट सेवा सुरु गरेको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिन सुरु गरेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले बताए । कोभिड १९ को सङ्कटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको हो ।
लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ । सरकारले तोकेका सबै मापदण्ड पालना गरिने पाण्डेयले जानकारी दिनुभयो । अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर बसमा चढ्न पनि साझाले आग्रह गरेको छ । गत सोमबारबाट मयूर, संयुक्त, महानगर, सुन्दर यातायातलगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन सुरु गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्