दाङमा वनको डढेलो वस्तीमा पस्यो – Kanika Khabar
Sunday, May 12Nepali News Portal

दाङमा वनको डढेलो वस्तीमा पस्यो

    मा प्रकाशित

दाङ, १६ वैशाख ।
दाङको राजपुर गाउँपालिका ७ मा वनको डढेलो बस्तीमा पस्दा हाडबास गाउँ सखाप भएको छ। गाउँमा भएका २७ घरमध्ये २५ घर पूर्णरुपमा नष्ट भएको छ।

यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आएको छैन। बाँकी आगोबाट बचेका २ घर बचाउनसमेत समस्या भएको गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए।

विकट बस्ती भएका कारण गाउँमा दमकल जानसमेत समस्या भएको छ। आगो निभाउन सेउला (हरियो रुखका हाँगा) को भर पर्दा गाउँलाई डढेलोबाट बचाउन समस्या भएको छ।

२५ घर पूर्णरुपमा नष्टभएपछि राहतका लागिसमेत समस्या भएको अध्यक्ष बुढाथोकीले बताए।

राजपुर गाउँपालिकामा यसअघि पनि डढेलोले विभिन्न गाउँमा क्षति गरेको थियो। यसअघि वडा नम्बर १ मा १ वटा, ४ मा ३ वटा, ५ मा १ वटा, ७ नम्बर वडाकै अर्को गाउँमा ३ वटा घर जलेका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्