बझाङमा काङ्ग्रेसकाे अग्रता, इलाममा एमाले लियाे अग्रता – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

बझाङमा काङ्ग्रेसकाे अग्रता, इलाममा एमाले लियाे अग्रता

    मा प्रकाशित

काठमाडौं, १७ वैशाख ।
बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ८ हजार २सय २७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार ९ सय ७४ मत पाएका छन्।

माओवादीका उम्मेदवार जनक बुढा २ हजार ९ सय ९३ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार १ सय ६२ मतसहित चौथो स्थानमा छन्।

त्यस्तै इलाममा नेकपा एमालेले अग्रता लिएकाे छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । उनले ७ हजार ६ सय ७७ मतका साथ अग्रता कायम राखेका हुन् ।

सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन् । कांग्रेसका खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ५८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १सय १ सय ६२ मत पाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्