वित्तीय व्यवस्थापन तथा कर शिक्षा – Kanika Khabar
Thursday, May 16Nepali News Portal

वित्तीय व्यवस्थापन तथा कर शिक्षा

    मा प्रकाशित

गोविन्द खड्का
घोराही, १७ बैशाख
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी सनराइज बैँकको सहकार्यमा घोराहीमा सोमवार वित्तीय व्यवस्थापन तथा कर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी सनराईज बैँक घोराही शाखा प्रमुख पदम केसी र चाटर्ड एकाउन्टेन्ट कैलाश खत्रीले बैँकिङ कसुर, चेक, कर, कालोसुचि लगाएत विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्