बालप्रतिभा एकेडेमीकाे १६ ओैँ वार्षिकोत्सव सम्पन्न – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

बालप्रतिभा एकेडेमीकाे १६ ओैँ वार्षिकोत्सव सम्पन्न

    मा प्रकाशित

नारायणपुर, १७ वैशाख

बालप्रतिभा एकेडेमी घोराही उपमहानगरपालिका १० ले १६ औँ वार्षिक उत्सव सोमवार सम्पन्न गरेको छ । एकेडेमीले आफ्नो वार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर केसीको अध्यक्षता एवम् प्याब्सन दाङका सचिव आदिम केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति केसीले विश्व बजारलाई नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । व्यवहारिक, सीपमूलक एवम् संस्कारसहितको नैतिक शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै उनले शैक्षिक गुणस्तरमा सम्पूर्ण विद्यालयहरुले ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रमका विद्यालयका प्रिन्सिपल सीता गौतमले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । उनले विद्यालयका पूर्वाधार, विद्यार्थीहरुको खाजा, प्रयोगशाला व्यवस्थापन, अतिरिक्त क्रियाकलाप लगायतका विषयमा गम्भिरताकासाथ लागिरहेको बताउदै आगामी दिनमा कक्षा १२ सम्मको पढाई सञ्चालन गर्ने योजना रहेको बताइन् ।

उनले साथै जेहेन्दार तथा अति विपन्न परिवारहरुका लागी विद्यालयमा अक्षयकोष स्थापना गरेर शिक्षामा सहयोग गर्ने योजना रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्याब्सन दाङका निवर्तमान उपाध्यक्ष निर्मल न्यौपाने, नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतल, विद्यालयका कार्यकारी निर्देशक हरि पौडेल, विद्यालयका सञ्चालक गुरुप्रसाद डाँगी, सयपत्री टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर खड्का, अभिभावक शिशिर लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस अवसरमा विभिन्न विधामा वार्षिक उत्कृष्ट विद्यार्थीहरु, अतिरिक्त क्रियाकलापका बिजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण शिक्षकहरु दिव्या वली र समीक्षा डाँगीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्