मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालमा उपकुलपति नियुक्त – Kanika Khabar
Friday, May 17Nepali News Portal

मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालमा उपकुलपति नियुक्त

    मा प्रकाशित
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलिया

दाङ, १८ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । प्रधानमन्त्री दाहालले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा नयाँ उपकुलपतिको नियुक्ति गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक प्रा.डा. ध्रुवकुमार गौतम मध्यपश्चिममा र पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. विजुकुमार थपलियाको नियुक्ति भएको हो ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा। डा। गौतमलाई सिफारिस गरेको थियो ।

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । उक्त समितिले थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो ।
छनौट समितिले दरखास्त हाल्नेहरुको कार्ययोजना र सोचपत्र प्रस्तुती गरी अन्तर्वार्ता लिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्