आगलागीमा परी एक दम्पतीकाे मृत्यु – Kanika Khabar
Friday, May 17Nepali News Portal

आगलागीमा परी एक दम्पतीकाे मृत्यु

    मा प्रकाशित

धादिङ,२० वैशाख ।

धादिङमा एक घरमा भएकाे आगलागीमा परी एक बृद्ध दम्पतीकाे मृत्यु भएकाे छ ।

बुधबार राति करिब साढे ११ बजे जिल्लाकाे थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित अन्दाजी ७० वर्षीय तेजबहाुदर लामाको घरमा आगलागी भएको थियाे ।

आगलागीमा परी तेजबहादुर र उनकी श्रीमती अन्दाजी ७० वर्षीया ठूली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति करिब साढे १२ बजे प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागी नियन्त्रणमा लिइएपछि जलेर मृत्यु भएको अवस्थामा लामा दम्पतीको शव फेला परेको सो कार्यालयले जनाएको छ । उनीहरूका छोराछोरी काठमाडौंमा बस्दै आएका छन् ।

विद्युत् सर्ट भई आगलागी भएकाे प्रहरीले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्