प्रभावकारी बन्दै प्रतिष्ठानको इमरजेन्सी सेवा – Kanika Khabar
Friday, May 17Nepali News Portal

प्रभावकारी बन्दै प्रतिष्ठानको इमरजेन्सी सेवा

    मा प्रकाशित

दाङ, २० वैशाख ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी सेवा उत्कृष्ट वन्दै गएको छ । यसअघि इमरजेन्सी विभाग एच.ए.को भरमा चलेको थियो । प्रतिष्ठानको इमरजेन्सी विभागमा प्रोफेसरसहित २ जना कन्सल्टेन्ट चिकित्सक हुनुहुन्छ ।

इमरजेन्सी विभागको प्रमुखको जिम्मेवारीमा युवा चिकित्सक एमडिजिपि डा. उमाकान्त तिवारी हुनुहुन्छ भने प्रोफेसरमा डा. नारायणसिंह गुरुङ रहनु भएको छ । अहिले डा. तिवारीको नेतृत्वमा रहेको इमरजेन्सी विभागमा १० जना एमबीबीएस, २८ जना प्यारामेडिक्स तथा नर्सहरुले सेवा दिइरहेका छन् ।

पछिल्लो डेढ वर्ष यता इमरजेन्सी सेवा विशेषज्ञमुखी बन्दै पनि गएको छ । २४ सै घण्टा अनकल रहेको डा. तिवारीले बताए । ३४ शैयाको सुविधा सम्पन्न रहेको इमरजेन्सी विभागमा मनिटरसहितको सेवा ब्यवस्था गरिएको छ ।

प्रतिष्ठानका अनुसार इमरजेन्सी विभागमा अत्याधुनिक १७ वटा मनिटर पनि राखिएको छ । विभागमा अरु कन्सल्टेन्ट डाक्टरहरुलाई लिने प्रक्रियामा रहेको डा. तिवारीले जानकारी दिए ।

त्यतिमात्रै नभएर सर्पदंशको उपचारको पनि भरपर्दो अस्पतालको रुपमा प्रतिष्ठान बनेको छ। सर्पदंशको उपचारका लागि पनि विरामिहरु पछिल्लो समय प्रतिष्ठानमा आइरहेका छन् भने अर्कोतर्फ प्राकृत्तिक विपत्तीका साथै सडक दुर्घटनामा परेर घाइते हुनेहरुको पनि राम्रो उपचारको प्रबन्ध गरिएको छ ।

विपत्तीको बेला प्रतिष्ठानमा कसरी भरपर्दो उपचार दिन सकिन्छ भनेर प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलको नेतृत्वमा इमरजेन्सी विभागका प्रमुख तिवारीसम्मिलित चिकित्सकको आपतकालीन समिति नै बनाईएको छ । तिवारीकै नेतृत्वमा एमडिजिपीको पाठ्यक्रम बनाएर एमडीको पढाइ पनि सुरुवात गरिएको छ । एमडिजिपीमा एमडीको पढाइका लागि दुइ जना विद्यार्थी भर्ना भइसकेका छन् ।
एमडिजिपी डा. तिवारी कन्सल्टेन्टका रुपमा आफै इमरजेन्सी विभागमा बस्न थालेपछि सेवा सुधार हुन थालेको हो । अस्पतालको प्रमुख सेवाको रुपमा रहेको इमरजेन्सी विभाग सुधार्नका निमित्त उहाँ आफै खटिएपछि सेवा सुधारको अवस्थामा गएको छ । सबैले मुख्यरुपमा आँखा लगाउने सेवा भित्र इमरजेन्सी भएकाले यहाँको सेवालाई थप चुस्त, दुरुस्त बनाउन लागिपरेको डा. तिवारी बताउनुहुन्छ । ‘हामीले अस्पतालको मुख्य सेवा, जो सबैको आँखामा देखिरहन्छ इमरजेन्सी सेवा सुधार्नका निमित्त लागी परेका छौ, सिमीत स्रोत साधनको वावजुद सकेसम्म र सम्भव भएसम्म सेवा विस्तारमा ध्यान दिएका छौ–डा. तिवारीले थप्नुभयो–‘इमरजेन्सीको सेवा बदल्ने आँट गरेका छौ, चिकित्सकको सख्या बढाउदै लगेर सेवालाई अझ ब्यवस्थित बनाउने योजना पनि अघि सारेका छौ, सबैको सहयोग भएमा यसमा सफल हुनेछौ ।’ पाटन अस्पतालवाट एमडी पूरा गरे लगत्तै डा. तिवारी प्रतिष्ठानमा हाजिर भइ सेवा दिइरहनु भएको छ । उहाँले इमरजेन्सी विभागको कमान्ड सम्हालेपछि विरामीहरुले सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन् । ‘अस्पतालको इमरजेन्सी भनेको घरको मुल ढोका जस्तै हो, जव तपाइको मुल ढोका ठिक छैन, वलियो छैन भने जोखिम हुन्छ–डा. तिवारीले भन्नुभयो–‘अस्पतालको इमरजेन्सीले अस्पतालको अवस्था दर्साउछ, इमरजेन्सी विरामी जाँदा तुरुन्तै रेस्पोन्स, उपचार भयो की भएन ?, समयमा विरामीको रोगको पहिचान भयो कि भएन ? भन्ने कुरा महत्वपुर्ण हो ।’ उनले आफु प्रतिष्ठानमा आएदेखि नै इमरजेन्सी विभागलाई विरामी मैत्री र गुणस्तरीय बनाउदै लैजाने प्रयास प्रारम्भ भएको पनि सुनाउनुभयो । इमरजेन्सी विभागमा आउने विरामीको अवस्था वर्गीकरण गरेर उपचार गर्ने गरीएको छ । ‘विरामीलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी सेवा दिनका लागि रोगको जटिलताका आधारमा वर्गिकरण गरेर उपचार सेवा दिने गरिएको छ, त्यतिमात्रै नभएर इमरजेन्सी विभागले अहिले रोग पहीचान गरेर मात्रै उपचार गर्ने विधिलाई अबलम्वन गरीएको छ ।’ डा. तिवारीले भन्नुभयो–‘ विरामीले अनावश्यक औषधि खानुपर्यो, अर्कोतर्फ आर्थिक ब्यभार पनि थप्नु हुदैन, अहिले त्यो अवस्था बन्द भएको छ, विरामीको रोग पहिचान भएपछि मात्र औषधि दिने गरीएको छ ।’ इमरजेन्सीमा दुई जना कन्सल्टेन्ट एमडिजिपी डाक्टर हुँदा विरामीले तत्काल उपचार पाँउने गरेका छन् । यसै गरेर विरामी अवस्था हेरेर उपचारका लागि अन्तर विभाग समन्वयको काम पनि प्रभावकारी बन्दै गएको छ । ‘एमआरआई, सिटी स्क्यान, आइसियुसहित विषय विशेषज्ञ दक्ष चिकित्सक प्रतिष्ठानमा भएका कारण सामान्य खालका अप्रेसनका लागि जिल्लाबाहिर जानुपर्ने वाध्यता समेत हटेको छ–उहाँले भन्नुभयो–‘अहिले त प्रतिष्ठानमा विभिन्न निजी तथा सरकारी अस्पतालवाट उपचारका लागि रेफरल विरामी आइरहेका छन् । डा. तिवारीले अहिले प्रतिष्ठानमा जनरल प्रयाक्टिस ओपिडी सेवा पनि सुरु गरिसकेका छन् । यो ओपिडी यसअघि प्रतिष्ठानमा थिएन । अहिले आफ्नो ओपिडिमा दैनिक २० देखि ३० जना विरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।

इमरजेन्सी विभागवाट ९ महिनामा १५ हजार बढीले पाए उपचार

यसैविच वितेको ९ महिनामा प्रतिष्ठानको इमरजेन्सी विभागवाट १५ हजार बढी विरामीले उपचार सेवा पाएका छन् । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले गएको साउनदेखि चैतसम्म १५ हजार १९ जना विरामीहरुले इमरजेन्सी विभागवाट उपचार प्राप्त गरेको जानकारी दिनुभयो । जसमा पुरुष ७ हजार ४ सय ४१ जना र महीला ७ हजार ५ सय ७८ जना विरामिले उपचार पाएका छन् ।

प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइका अनुसार गएको साउनमा पुरुष ८ सय ९२ जना, महीला ९ सय ७२ जना गरेर १ हजार ८ सय ६४ जना, भदौमा पुरुष ८ सय ७२ जना, महीला १ हजार ४० जना गरेर १ हजार ९ सय १२ जना विरामिले सेवा पाएका छन् । यसैगरेर असोजमा पुरुष ८ सय ३७ जना, महीला ९ सय ७२ जना गेर १ हजार ८ सय ९ जना, कार्तिकमा पुरुष ९ सय ८ जना, महीला ८ सय ४३ जना गरेर १ हजार ७ सय ५१ जना, मंसिरमा पुरुष ७ सय ६२ जना। महिला ७ सय ६ जना गरेर १ हजार ४ सय ६८ जना विरामीले इमरजेन्सी विभागवाट उपचार पाएका छन् । त्यस्तै पुषमा पुरुष ७ सय ४६ जना, महिला ६ सय ८२ जना गरेर १ हजार ४ सय २८ जना, माघमा पुरुष ७ सय ६७ जना, महिला ६ सय ९९ जना गरेर १ हजार ४ सय ६६ जना, फागुनमा पुरुष ८ सय १९ जना, महीला ८ सय ७४ जना गरेर १ हजार ६ सय ९३ जना र चैतमा पुरुष ८ सय ३८ जना, महिला ७ सय ९० जना गरेर १ हजार ६ सय २८ जना विरामीले उपचार पाएको सूचना अधिकारी भट्टराइले बताउनु भयो ।

प्रतिष्ठानका रजिस्टार प्राध्यापक श्याम लम्सालले इमरजेन्सी विभागको सेवा सुधार भइरहेको बताउदै आउदा दिनमा थप कल्सल्टेन्ट डाक्टरहरु थप्ने तयारी गरीरहेको बताउनु भयो । अस्पतालको मुहार भनेकै इमरजेन्सी विभाग हुने भन्दै यसमा सुधार ल्याउने कोसिस आफूहरुको रहिरहने बताउनुभयो । यसैगरेर प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले हर सम्भव प्रयास गरेर प्रतिष्ठानको इमरजेन्सी विभागलाई मजवुत, सेवाको हिसावले प्रभावकारी बनाउने कामहरु भइरहेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्