नेकपाका तीन शीर्ष नेताको छलफल निष्कर्षविहीन – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपाका तीन शीर्ष नेताको छलफल निष्कर्षविहीन

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, काठमाडौं
भोलिका लागि निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै नेकपाका शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ । करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताबीच भएको छलफलमा मुख्य विषयमा भने सहमति हुन सकेन । नेताबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताउनुभयो । छलफल सकारात्मक रहेको र आजको बैठक नरोकिने उहाँले जानकारी दिनुभयो । छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुनथ्यो । दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गर्नुभएको छ भने ओलीले राजिनामा नदिन अडान कायमै राख्नुभएको छ । त्यसैले तीन नेता सहितको छलफल सहमतिबिना टुंगिएको हो । बालुवाटारमा ओलीसँग वार्ता गर्न जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यलाई बोलाएर छलफल गर्नुभएको थियो । ओली समझदारीमा नआए भोलिको बैठक के गर्ने भन्नेबारे बैठकमा कुरा उठेको थियो । झलनाथ खनाललगायतका नेताले अब बैठक नरोक्न र ओली सहमतिमा नआए पार्टीले निर्णय गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्