नेपालमा थप एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Monday, September 21Nepali News Portal

नेपालमा थप एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, काठमाडौं
आज एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा नेपालका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घन्टामा २ सय १३ जना कोरोना सङ्क्रमित निको भएको पनि उहाँले बताउनुभयो । प्रवक्ता डा. गौतमले योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ११ हजार २ सय ४९ पुगेको पनि जानकारी निदुभयो । उहाँले पछिल्लो २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको र मृत्यु हुनेको सङ्ख्या ३९ नै रहेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्