तुलसीपुर वाणिज्य संघमा दुई टिमको ३४ जनाको उम्मेदवारी दर्ता – Kanika Khabar
Sunday, May 19Nepali News Portal

तुलसीपुर वाणिज्य संघमा दुई टिमको ३४ जनाको उम्मेदवारी दर्ता

    मा प्रकाशित

तुलसीपुर, बैशाख २४ ।

तुलसीपुर उद्योग वाणिज्य संघमा दुई टिमबाट ३४ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काङ्ग्रेसको सिफारिसमा बिनिल केसी नेतृत्वको प्यानलबाट १७ जना र नेकपा एमाले, माओवादी लगायत दलको समर्थनमा ललितजंग शाहको नेतृत्वमा पनि १७ जनाले विभिन्न पदहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका संयोजक प्रविण लम्सालका अनुसार बिनिल केसी नेतृत्वको प्यानलले सुरुमा उम्मेदवारी दर्ता गरेको थियो ।बिनिलको प्यानलबाट बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुला उपाध्यक्ष खुशलराम शर्मा, महासचिव केशवराज केसी, सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा र सह कोषाध्यक्षमा दिपेश भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

एसोसियट सदस्यमा सन्दिपन रिजाल, संस्थापक सदस्यमा चिन्तामणि आचार्य, सदस्यहरुमा शैलेन्द्रकुमार बुढाथोकी, सुवास अधिकारी, कोमल डिसी कमल, तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्टको उम्मेदवारी परेको छ ।
त्यस्तै शाह नेतृत्वको साझा खुला उपाध्यक्षमा डिल्लीबहादुर वली, बाणिज्य उपाध्यक्षमा नरेशकुमार राज भण्डारी, उद्योग उपाध्यक्षमा विश्व बस्नेतको उम्मेदवारी परेको छ ।

त्यस्तै कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्रकुमार डाँगी, सचिवमा भुपाल रावत, सह कोषाध्यक्षमा किशोर कुमार वलीले उम्मेदवारी दिएका छन् । सदस्यतर्फ भिमबहादुर खत्री, कृष्णबहादुर पुन, एसोसियट सदस्यमा सुरेश ज्ञवाली, टोपबहादुर महतरा, मनोजकुमार गुप्ता र महिला सदस्यहरुमा शारदा बस्नेत र मिना रावतको उम्मेदवारी परेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्