सभामुख र प्रमुख दलका शीर्ष नेताहरूबिच छलफल हुँदै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सभामुख र प्रमुख दलका शीर्ष नेताहरूबिच छलफल हुँदै

    मा प्रकाशित

काठमाडौं, २५ वैशाख ।
सभामुखले देवराज घिमिरे र प्रमुख दलका शीर्ष नेताहरूबिच छलफल हुँदै छ । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् ।

संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बैठकमा बोलाएका हुन् ।

सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्