सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेजति सहयोग गर्ने प्रधानमन्त्रीको भनाई – Kanika Khabar
Sunday, April 20Nepali News Portal

सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेजति सहयोग गर्ने प्रधानमन्त्रीको भनाई

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेजति सहयोग गर्ने बताउनुभएको छ । कोभिड–१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र मजदूर सङ्गठनका नेताको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामथ्र्य अनुरुप समाधानमा अग्रसर रहने बताउनुभयो । कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगेको, जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव परेको भन्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिएहुन्थ्यो भन्ने लाग्नु स्वाभाविक भएको बताउनुभयो । सार्वजनिक यातायात सञ्चालन गर्न के–कस्तो सहयोग गर्न सकिन्छ त्यसका लागि सरकारले पहल गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सो अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदूर सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग आफ्ना समस्या प्रस्तुत गरेका थिए । अयसअघि यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदूर सङ्गठनका प्रतिनिधीले नेकपा अर्का अध्यक्ष प्रचण्डलाई पनि भेटेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्