चट्याङ लागेर एक बालकको मृत्यु, तीनजना घाइते – Kanika Khabar
Sunday, May 19Nepali News Portal

चट्याङ लागेर एक बालकको मृत्यु, तीनजना घाइते

    मा प्रकाशित

दाङ, २५ वैशाख ।
चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका–७ मेलकाटियाका ६ वर्षीया बालक गौरव भण्डारीको मृत्यु भएको हो । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्