यस्ताे रहने छ आजकाे माैसम – Kanika Khabar
Sunday, May 19Nepali News Portal

यस्ताे रहने छ आजकाे माैसम

    मा प्रकाशित

दाङ, २६ वैशाख ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भुभागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै तराईका एकदूई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्