काङ्ग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक – Kanika Khabar
Sunday, May 19Nepali News Portal

काङ्ग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक

    मा प्रकाशित

काठमाडौँ, २६ वैशाख ।
पछिल्लो चरणमा राजनीतिक तरलता बढ्दै गएको अवस्थामा आवश्यक रणनीति निर्माण गर्नका लागि नेपाली काङ्ग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ । जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनबारे रणनीति तय गर्न नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बूढानीलकण्ठ बोलाएका हुन् ।

देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बोलाएर नयाँ रणनीति तय गर्न लागेका हुन् । निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बुधबार दिउँसोका लागि बोलाइएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्