लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन बाँकेमा प्रहरीले चलायो गोली – Kanika Khabar
Monday, December 8Nepali News Portal

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन बाँकेमा प्रहरीले चलायो गोली

    मा प्रकाशित

बाँके, २७ वैशाख ।
लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन बाँकेमा प्रहरीले गोली चलाएको छ । जिल्लाको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।

काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टिमले सो अपरेसन गरेको जनाइएको छ ।

लागु औषध कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीका अनुसार परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउन्ड गोली चलेको बताइएको छ । कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले बताएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्