नयाँ सरकार गठन आह्वानका बिरुद्ध मुख्यमन्त्री कार्की सर्वोच जाँदै – Kanika Khabar
Monday, May 20Nepali News Portal

नयाँ सरकार गठन आह्वानका बिरुद्ध मुख्यमन्त्री कार्की सर्वोच जाँदै

    मा प्रकाशित

विराटनगर, २७ वैशाख ।
कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएपछि मुख्यमन्त्री केदार कार्की आह्वानका बिरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । सरकार गठन आह्वान असंवैधानिक भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत जान लागेका हुन्‌ ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार बेलुकी प्रदेशमा सरकार गठन निम्ति दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक भएको भन्दै मुख्यमन्त्री कार्की अन्तरिम आदेश माग गर्न सवोच्च अदालत जान थालेका छन्।

उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेका छन्‌ । मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार कार्कीले अदालत खुलेसँगै सर्वोच्चमा मुद्दा दर्ता गर्ने तयारी छ ।

यता एमाले(माओवादीको गठबन्धले आजै नयाँ सरकार गठनका निम्ति दाब पेश गर्ने भएका छन् । बिहान ११ बजे प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी रहेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले जानकारी दिएका छन्‌ ।

एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठन निम्ति दाबी पेस गर्ने कार्कीले बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्