गोली लागेका लागु औषध कारोबारीको भेरी अस्पतालमा उपचार हुँदै – Kanika Khabar
Monday, May 20Nepali News Portal

गोली लागेका लागु औषध कारोबारीको भेरी अस्पतालमा उपचार हुँदै

    मा प्रकाशित

बाँके, २७ वैशाख ।
गोली चलाएर नियन्त्रणमा लिइएका लागु औषध कारोबारीको भेरी अस्पतालमा उपचार हुँदै छ । बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

परियार कोहलपुर नगरपालिका–१२ चप्पलगौँडाका स्थानीय हुन् । परियार सहितको समूहले नेपाल भारत सिमानामा बसेर लागु औषध कारोबार गर्ने गरेको सुराकको आधारमा नियन्त्रण लिइएको हो ।

प्रहरीले उनीसँगै रहेका २७ वर्षीय प्रमोद कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । परियारलाई १ गोली लागेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्