नारायणपुर उवासंघ निर्वाचन : अनिल बस्नेत नेतृत्वको संयुक्त व्यवसायी प्यानललाई जिताउन अपील – Kanika Khabar
Monday, May 20Nepali News Portal

नारायणपुर उवासंघ निर्वाचन : अनिल बस्नेत नेतृत्वको संयुक्त व्यवसायी प्यानललाई जिताउन अपील

    मा प्रकाशित

दाङ, २७ वैशाख ।

नारायणपुर उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यवसायी प्यानलाइ ३ दलले समर्थन गरेका छन् ।

संयुक्त व्यवसायी प्यानललाई अध्यक्षका उम्मेद्वार अनिल बस्नेत, उद्योग उपाध्यक्ष बसन्त न्यौपाने, उपाध्यक्ष कुलराज खनाल र सचिव मिना भण्डारीलाई ३ दलको समर्थन रहेको जनाएका छन् ।

नेपाली काङ्ग्रेसका घोराही उपमहानगरपालिका वडा नं १० का सभापति देवबहादुर वली, नेकपा एमाले घोराही १० का अध्यक्ष तिलक महरा, नेकपा माओवादी केन्द्र घोराही १० का अध्यक्ष विष्णु भण्डारीले एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन । उनीहरुले संयुक्त व्यावसायी प्यानललाई विजयी गराउन समेत मतदाताहरुलाई आग्रह गरेका छन् ।

पूर्व अध्यक्षहरुको पनि समर्थन नारायणपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले संयुक्त व्यवसायी प्यानलाइ समर्थन गरेका छन् । पूर्व ६ जना अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन । यसरी विज्ञप्ति जारी गर्नेहरुमा बलदेव शर्मा, दानवहादुर बुढाथोकी, प्रकाशकुमार न्यौपाने, चित्रवहादुर डाँगी (निर्मल), गोपाल लम्साल, महेन्द्रकुमार दाहाल रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्