यस्ता छन् वैखाख २७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु – Kanika Khabar
Monday, May 20Nepali News Portal

यस्ता छन् वैखाख २७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु

    मा प्रकाशित

संवत् २०८१ वैशाख २७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः
१. प्रहरी नायवमहानिरीक्षकहरु श्री उमेशराज जोशी र श्री भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।
२. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।
३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा श्री नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।
४. भाषा आयोगको रिक्त सदस्य पदमा श्री सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्