कोभिड र प्रकोप सामनाको विषयमा कर्णालीका ५ जिल्लाका सिडिओको बैठक – Kanika Khabar
Friday, May 15Nepali News Portal

कोभिड र प्रकोप सामनाको विषयमा कर्णालीका ५ जिल्लाका सिडिओको बैठक

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, जुम्ला
अहिले खेपिरहेको कोरोनाको समस्या, प्रकोपको जोखिमको सामना गर्न जुम्लासँग जोडिएका कर्णालीका ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयात्मक वैठक सम्पन्न भएको छ । भर्चुअल विधि मार्फत कर्णालीका प्रजिअहरु सँगको वैठक सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको हो । वैठकमा कोभिडको जोखिमको विषयमा समिक्षा सहित कसरी थप प्रभावकारी रुपमा प्रशासनहरुको तर्फबाट अन्तर जिल्लामा समेत समन्वय गर्ने भन्ने बिषयमा छलफल भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्ला सहित कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण निरौला, जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार.सहितको सहभागितामा भर्चुअल वैठक गरिएको छ । प्रजिअ थापाका अनुसार कोरा्ना भाईरसले जिल्लामा परेको असरको अवस्था सहित तयारी र थप पूर्व तयारीका लागि भर्चुअल वैठकमा बृस्तृतमा छलफल भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्