मा प्रकाशित
कनिका संवाददाता
साउन १, नुवाकोट
वर्षात्को समयमा यतिखेर विभिन्न स्थानमा दिनदिनै वृक्षरोपण भइरहेका छन् । तर, नुवाकोटमा भने डेढ दशक पहिले सरकारीस्तरवाटै वृक्षरोपण गरिएको दुइवटा उद्यान नै उपेक्षाको सिकार भएको छ । विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटस्थित त्रिशूली नदीको पुर्वी किनारामा रहेको ऐश्वर्य स्मृति उद्यान खण्डहर बन्दै गएको छ । देवीघाटदेखि सात किलोमिटर उत्तरमा रहेको विदुर नगरपालिका–९ विजुरामा रहेको वीरेन्द्र स्मृति उद्यान पनि खण्डहर भएको छ ।