प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन समय थप – Kanika Khabar
Friday, March 28Nepali News Portal

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन समय थप

    मा प्रकाशित

कनिका खबर
साउन२, काठमाडौँ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुन सरकारले एक महिनाको समय थपेको छ । रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानविन गरी सूचीकरण गर्न साउन ८ गतेदेखि २०७७ भदौ ७ गतेसम्म समय तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । गत चैत्र एकदेखि सूचीकरण सुरु भए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण र चैत ११ देखि गरेको देशव्यापी बन्दाबन्दीको कारण काम प्रभावित भएकाले सूचना ढिलो गरी जारी भएकोले समय थप गर्न परेको हो ।
मन्त्रालयले सबै स्थानीय तहलाई सम्बन्धित वडाबाट वेरोजगार व्यक्तिको निवेदन सङ्कलन र बेरोजगार व्यक्ति सूचीकरणको आवश्यक व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्