नेकपाको स्थायी कमिटिको बैठकमा दुई अध्यक्षले सम्वोधन गर्ने तयारी – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेकपाको स्थायी कमिटिको बैठकमा दुई अध्यक्षले सम्वोधन गर्ने तयारी

    मा प्रकाशित

कनिका संवाददाता
साउन २, काठमाडौं
सत्तारूढ नेकपाको स्थायी कमिटिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकमा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने तयारी भएको स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । विवाद समाधानका लागि निकास खोज्ने अन्तिमम्मको प्रयास पनि असफल भएपछि ओली र प्रचण्ड–नेपाल समूहले आआफ्नो रणनीति बनाएका छन् । हिजो राति अवेरसम्म बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै छलफल भएका छन् । असार १० मा सुरु भएको स्थायी कमिटीको बैठक असार तेस्रो सातादेखि बस्न सकेको छैन । दुई अध्यक्षवीच सहमति जुटाउनका लागि भन्दै आजसम्मका लागि बैठक स्थगित गरिएको थियो । हिजो बालुवाटारमा भएको अध्यक्ष द्वय ओली र प्रचण्ड अनि वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा कुनै सहमति नभए पनि आजका लागि बोलाइएको स्थायी ममिटिको बैठक नरोक्ने सहमति भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिएमा अरु विषयमा छलफल गर्न सकिनेमा जोड दिए पनि प्रधानन्त्री ओलीले त्यसलाई अस्वीकार गर्नुभएको बालुवाटारस्रोतले जनाएको छ । बालुवाटारको हिजोको बैठकमा जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यलाई बोलाएर छलफल गर्नुभएको थियो । त्यहाँ नेताहरुले बैठक नरोक्ने र ओली सहमतिमा नआए पार्टीले निर्णय गरेर अघि बढ्नुपर्ने धारणा राखेको वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्