प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन एक महिनाको समय थप – Kanika Khabar
Friday, March 21Nepali News Portal

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन एक महिनाको समय थप

    मा प्रकाशित

कनिका संवाददाता
साउन २, काठमाडौं
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुन सरकारले एक महिनाको समय थपेको छ । रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानविन गरी सूचीकरण गर्न साउन ८ गते देखि २०७७ भदौ ७ गतेसम्म समय तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । गत चैत्र एकदेखि सूचीकरण सुरु भए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण र चैत ११ देखि गरेको देशव्यापी बन्दाबन्दीको कारण काम प्रभावित भएकाले सूचना ढिलो गरि जारी भएको मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुुमन घिमिरेले सीआइएनलाई जानकारी दिनुुभयो । मन्त्रालयले सबै स्थानीय तहलाई सम्बन्धित वडाबाट वेरोजगार व्यक्तिको निवेदन सङ्कलन र बेरोजगार व्यक्ति सूचीकरणको आवश्यक व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्