५ गतेदेखि नदीमा पानीको बहाव बढ्न सक्ने, सतर्क रहन आग्रह – Kanika Khabar
Friday, March 29Nepali News Portal

५ गतेदेखि नदीमा पानीको बहाव बढ्न सक्ने, सतर्क रहन आग्रह

    मा प्रकाशित

कनिका संवाददाता
साउन २, काठमाडौं
सरकारले यही साउन ५ गतेदेखि नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी र प्रदेश पाँचका विभिन्न नदी र चुरे तथा तराई क्षेत्रका नदीमा पानीको वहाव बढ्नेछ । साउन ५ देखिका कम्तिमा ५ दिन सतर्क रहन र बाढी र मौसमको पूर्वानुमानबारे जानकारी लिन प्राधिकरणका प्रवक्ता जर्नादन गौतमले सीआइएनमार्फत आग्रह गर्नुभयो । कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्