मध्य र पूर्वी चीनमा बाढी र डुबानको समस्या – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मध्य र पूर्वी चीनमा बाढी र डुबानको समस्या

    मा प्रकाशित

साउन २, दाङ ।
मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले नराम्रोसँग प्रभावित भएको छ । हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् । दसौँ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् ।
चीनमा ६ दशकयताकै भारी वर्षा भएको बताइएको छ । बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् । चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् ।
बुधबारबाट भने याङ्ग्त्जी नदीको मध्य र तल्लो तटीय क्षेत्रमा जल सतह विस्तारै घट्दै गएको जल संशाधन मन्त्रालयले जनाएको छ । चीनको ताजा पानीको सबैभन्दा ठूलो तलाउ भनेर चिनिने पोयाङ्गको धेरै ठाउँका बाँधहरु भत्किएका छन् । (समाचार एजेन्सी)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्