कनिका संवाददाता
साउन २, सिन्धुपाल्चोक
बिहिबार बिहानीपखको पहिरोमा परि भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा दुई जनाको मृत्यु भएको छ । एकै परिवारका अन्य ३ जना पहिरोमा परिएर बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा घरभित्र सुतिरहेका ५ जना बेपत्ता भएका थिए । बिहिबार अबेरसम्म उनीहरूमध्ये २ जनाको शव फेला परेको छ । १६ बर्षिया याङ्जी शेर्पा र ३५ बर्षिया निमासाङबु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । हिजोको ठाउँमा गएराती २ पटक पहिरो थपिएको स्थानीय बुद्धि गुरुङले जानकारी दिनुभयो । राती फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेका उहाँले बताउनुभयो । हिजो खोतलेको स्थान पूरै लेदोले पुरिएको र खोजीमा संलग्न सेना, प्रहरी, सशस्त्र साँझ फर्केकाले खोजिकार्य सुरु गर्न गाह्रो भएको उहाँको भनाइ छ ।
मा प्रकाशित