कनिका खबर
साउन २, दाङ ।
निजी विद्यालयका छाता संगठनहरू प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा अाज देशभरका स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएका छन् । यसैक्रममा दाङ जिल्लाका स्थानीय निकायमा पनि संस्थागत विद्यालयका छाता संगठनहरूले ध्यानाकर्षण पत्र बुझाएका छन्। घाेराही उपमहानगरपालिका , तुलसीपुर उपमहानगरपालिका , लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिकामा लगायतका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाइएकाे छ ।
प्याब्सन घाेराही नगर कमिटी र एन प्याब्सनका तर्फबाट पनि घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीलाई ध्यानाकर्षण पत्र बुझाइएकाे छ । ध्यानाकर्षण पत्र बुझेपछि नगर प्रमुख चाैधरीले ध्यानाकर्षण पत्रमा उल्लेख भएका एजेन्डालाई अाफूले गम्भीर रूपमा लिएकाे बताए । उनले भने,`विद्यालय जाने विद्यार्थीहरू घरमा बस्न परेकाे छ ।
अब छिट्टै शिक्षा महाशाखासँग परामर्श गरी भर्ना र पुस्तक वितरण लगायतका कुरालाई सहज बनाउने बताए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य केशव थापाले संस्थागत विद्यालयका समस्याका बारेमा बताएका थिए । प्याब्सन घाेराही नगरका अध्यक्ष बीरेन्द्र चन्द र एनप्याब्सनका नरेश अाचार्यले ध्यानाकर्षण पत्र बुझाएका थिए । कार्यक्रमकाे सहजीकरण प्याब्सन घाेराही नगर कमिटीका सचिव सूर्य रावतले गरेका थिए ।