लिम्पियाधुरा समेतको भूभाग समेटिएको पुस्कत प्रकाशन गर्ने तयारी रहेको मन्त्री अर्यालको भनाइ – Kanika Khabar
Monday, March 17Nepali News Portal

लिम्पियाधुरा समेतको भूभाग समेटिएको पुस्कत प्रकाशन गर्ने तयारी रहेको मन्त्री अर्यालको भनाइ

    मा प्रकाशित

कनिका खबर
साउन २, काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभएको छ । आज मन्त्रालयले गरेको पुस्तक बिमोचन कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो जानकारी दिनुभएको हो । सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विष्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभाग मार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले बताउनुभयो । मन्त्री अर्यालले कालापानी, लिम्पियाधुरा सम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तराष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु सहित निकट भविश्यमा नै त्यो किताब प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभयो । मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको भन्दै उहाँले एकपछी अर्को गर्दै बिगतमा भन्दा सिर्जनशील, प्रगतिशिल र मौलिक ढंगले अगाडी बढ्ने प्रयत्नमा रहेको पनि बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्