भक्तपुरका आज २ जनामा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

भक्तपुरका आज २ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २, भक्तपुर
भक्तपुरमा आज थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाली सेनामा कार्यरत ३४ वर्ष र खरिपाटीको क्वारेन्टाइनमा बसेका ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितको जेठ ३१ गते स्वाब संकलन गरिएको थियो । राष्ट्र जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु २ जनामा कोरोना पुष्टि भएको हो । ओखलढुङ्गाका नेपाली सेनाको सङ्क्रमितलाई शसस्त्र प्रहरीको अस्पताल र कतारबाट आएका सुनसरीका ४७ वर्षे पुरुषलाई टेकुको अस्पतालमा भर्ना गरिसकेको मिजारले जानकारी दिनुभएको छ । योसँगै भक्तपुरमा २९ महिला र २१ पुरुष गरी संक्रमितको संख्या ५० पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्