मा प्रकाशित
कनिका खबर
साउन २, धादिङ
चौतर्फी रुपमा विरोध भएपछि जिल्ला अस्पताल धादिङले हिजो टिकटमा गरेको मुल्यबृद्धि फिर्ता गरेको छ । लकडाउनको समयमा जिल्ला अस्पताल धादिङले ओपिडी सेवा लगायत अन्य सेवाहरुको टिकटको मूल्य बृद्धि भएपछि चौतर्फी विरोध भएका थिए । हिजो अस्पताल व्यबस्थापन समितिले १० रुपैंयालाई बढाएर ओपिडी टिकटको मुल्य २५ र ५० रुपैयाँ लाग्ने इमरजेन्सी टिकटको मुल्य ७५ पु¥याएको थियो ।