पहिरोले क्यानेल भत्किएपछी कालिकोटमा बिद्युत सेवा अवरुद्ध – Kanika Khabar
Friday, April 26Nepali News Portal

पहिरोले क्यानेल भत्किएपछी कालिकोटमा बिद्युत सेवा अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन २, कालिकोट
पहिरोका कारण कालिकोटमा विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकाको सीमाना सान्नीगाड खोलामा रहेको पोत्मारा साना जलविद्युत आयोजनाको क्यानेल आज बिहान पहिरोले भत्किएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेगराज जोसीले पहिरोका कारण पोत्माराको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको जानकारी दिनुभयो । उहाँले पोत्मारा साना जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द भएसँगै कालिकोटमा अनिश्चित कालका लागि विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्