मुक्त कमैया दिवसको अवसरमा लमहीमा अन्तरक्रिया – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मुक्त कमैया दिवसको अवसरमा लमहीमा अन्तरक्रिया

    मा प्रकाशित

सरद सागर देबकोटा
साउन २, दाङ ।

२१ औँ मुक्त कमैया दिबसको अवसरमा लमहीमा आज एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मुक्त कमैया सामाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता तथा प्रदेश सासद ईन्द्रजित थारुको प्रमुख आतिथ्यता र प्रदेश सासद रेवतिरमण शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सासद ईन्द्रजित थारुले कमैया मुक्त भएको लामो समय बिते पनि मुक्त कमैयाको जीवनयापन अझै सहज हुन नसेकोकाले अफ्नो अधिकार प्राप्तीका लागि मुक्त कमैयाहरु सचेत र सजग हुन आबश्यक रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि अर्का सासद रेवतिरमण शर्माले मुक्त कमैयाको अधिकारको लागि कानुन बनाएर काम गर्न जरुरी रहेको बताए । मुक्त कमैया कानुन नहुदा समस्या भएकोले त्यसको लागि नीतिगत रुपमा सगठित सङ्घर्ष गर्दे अघि बढ्नु पर्ने बताए ।
हरेक वर्ष असार २ गते मुक्ति दिवस मनाउने गरिएको छ । सरकारले कमैया मुक्तिको घोषणा गरे पनि अझै मुक्त कमैयाहरुको पुर्नस्थापना हुन नसकेको मुक्त कमैयाहरुको गुनासो रहेको छ । दाङ जिल्लामा सरकारले परिचय पत्र उपलब्ध गराएको मुक्त कमैयाको संख्या एक हजार ४ सय २६ जना रहेको छ भने दाङ सहित बाके बर्दिया कैेलाली र कन्चनपुर जिल्लामा मुक्त कमैयाहरुको बसोबास बाक्लो रहेको छ । भूमिसुधार कार्यालयमार्फत हरेक वर्ष मुक्त कमैया पुनस्र्थापनाको लागि बजेट प्राप्त हुने गरे पनि त्यो बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा फिर्ता जाने गरेको छ । मुक्त कमैयाहरुको पुनस्र्थापना, छुट कमैयाको लगत संकलन गर्न अझै बाँकी रहेको कमैया महिला जागरण समाजका जिल्ला अध्यक्ष कमलापती चौधरीले बताइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्