नेकपाको सचिवालयले पार्टी विवाद समाधानको प्रयास गर्ने – Kanika Khabar
Friday, May 15Nepali News Portal

नेकपाको सचिवालयले पार्टी विवाद समाधानको प्रयास गर्ने

    मा प्रकाशित

कनिका खबर
साउन ३, काठमाडौं
दुई अध्यक्ष बीच भएका छलफलमा कुनै सहमति नभएपछि नेकपाको सचिवालयले पार्टीको जारी विवाद समाधानको प्रयास गर्ने भएको छ । सचिवालय बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । सचिवालयले विवाद समाधानको प्रयास गर्ने तयारी गरे पनि विवाद झन् बल्झाउन पनि सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले सीआईएनसँग बताउनुुभयो । नेकपाको विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भए पनि सहमति जुट्न सकेको छैन । यसअघि सचिवालय बैठकमा विवाद झन् बढेपछि स्थायी कमिटी बैठक बोलाइएको थियो । हिजो अध्यक्ष द्वय ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । आजको सचिवालय बैठकपछि भोलि अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्