ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री – Kanika Khabar
Friday, April 26Nepali News Portal

ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री

    मा प्रकाशित

कनिका खबर
साउन ३, नुवाकोट
रसुवाको ग्रामीण भेगमा रहेको एक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । दक्षिणी भेगमा रहेको जिवजिवे ग्रामीण अस्पताललाई एसिया अनलुस नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले १९ लाख रुपैयाँ बराबरको मेडिकल तथा सर्जिकल सामग्री हस्तान्तरण गरेको हो । संस्थाले सो अस्पतालको आइसोलेसनका लागि आवश्यक पर्ने बेड, अक्सिजन ग्यास तथा सिलिण्डर, सेनिटाइजर, एन– ९५ माक्स लगायतका सामग्री हस्तान्तरण गरेको हो । कालिका गाउँपालिकाको जिवजिवे र इटपारेमा मास्क तयार गर्ने मेसिन पनि हस्तान्तरण भएको छ । स्थानीयले उत्पादन गरेर मास्कको आपूर्ति गराउने उद्देश्यले संस्थाले २ ठाउँमा मास्क तयार गर्ने मेसिन प्रदान गरेको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्