सिन्धुपाल्चोकको मेलम्चिमा पहिरो – Kanika Khabar
Thursday, August 13Nepali News Portal

सिन्धुपाल्चोकको मेलम्चिमा पहिरो

    मा प्रकाशित

कनिका खबर
साउन ३, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका चार थकनीमा गए रातिको अविरल बर्षाका कारण पहिरो जाँदा अमलेका माधबराज खनालको घर पुरिएको छ । त्यस क्षेत्रको बस्ती, डाँडा कठेरी लगायतका बस्ति उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ । अमले बस्तिका केदारनाथ खनाल, चिरञ्जीवी खनाल, दिपेश खनाल लगायत १२ घरमा पहिरोले पुर्ण रूपमा क्षति पु¥याएको र उक्त बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको स्थानीय पहिरो पीडित दिपेश खनालले जानकारी दिनुभयो । खनालका अनुसार मानवीय क्षति नभए पनि घरमा भएका सबै सर–सामान, लत्ताकपडा सबै नोक्सान भएको छ । पहिरो पीडितको स्थानीय जनप्रतिनिधिको सक्रियतामा सिन्धु सुरुङ्गमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले उद्धार गरेको र उनिहरुको वैकल्पिक बासस्थानको लागि छलफल भैरहेको स्थानीय जनप्रतिनिधि कृष्ण तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अमले, डाँडा कठेरी लगायत नगरपालिका चारका विभिन्न स्थानमा पहिरोका कारण ५० देखि ६० घर जोखिममा परेको र तिनलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ । डाँडा कठेरीका बिस्थापितलाई तत्कालका लागि बिद्यालयमा बसोबासको प्रवन्ध मिलाइएको छ । स्थायी स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहल गरिएको पनि तामाङले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्