दोलखामा गत आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परि १२ जनाको मृत्यु – Kanika Khabar
Thursday, April 30Nepali News Portal

दोलखामा गत आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परि १२ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ३, दोलखा
दोलखामा गत आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । २०७६ को साउनदेखि २०७७ असार मसान्तसम्म ३५ वटा सवारी साधन दुर्घटना हँुदा १२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । यस्तै दुर्घटनामा ४९ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रहरी हवल्दार जगदिश कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार जिल्लामा मोटरसाईकल सबैभन्दा बढी ११ वटा, बस ५ वटा, ट्रक ९ वटा, जिप र कार ५ वटा, ट्याक्टर ३ वटा र अन्य २ वटा गरि ३५ वटा साना तथा ठुला सवारी साधन दुर्घटना भएको हो । मृत्यु हुनेमा पुरुष ७ जना, महिला २ जना, बालक २ जना र बालिका १ जना रहेका छन् । सवारी साधन दुर्घटनामा परि २६ जना गम्भीर र २३ जना सामान्य गरी ४९ जना घाईते भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्