दाङ, २२ असार ।
दाङकाे देउखुरीस्थित गंगदी खाेलामा आएकाे बाढीमा ट्याक्टर फसेर एक जनाकाे मृत्यु भएको छ ।
जिल्लाकाे राजपुर गाउँपालिका-५ स्थित गंगदी खाेलामा ट्याक्टर फस्दा त्यसमा सवार साेही ठाउँ निवासी ५२ वर्षीय छेदिराम चाैधरीकाे मृत्यु भएको हाे ।
ट्याक्टरमा चालक सहित तीन जना थिए । खाेला तर्ने क्रममा खाडलमा ट्याक्टर फसेपछि सवार छेदिराम चाैधरीकाे खुट्टा फस्दा बाढीमा डुबेर मृत्यु भएको जनाइएको छ ।
रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको थियाे । ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीलाई उद्धार गरिएको छ ।