आज नेकपाको स्थायी कमिटी बैठक बस्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज नेकपाको स्थायी कमिटी बैठक बस्ने

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
पटक पटक मिति तय हुँदै स्थगन गर्दै तथा बिना निष्कर्ष टुङ्गिएको सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेका प्रयास सकारात्मक दिशातर्फ गएपछि आज स्थायी कमिटीमा यसबारे थप छलफल हुने भएको हो ।
छलफलका लागि दिउँसो ३ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाइएको छ । सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानका लागि छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । दुई अध्यक्षका बीचमा आगामी मंसिरमा महाधिवेशन गर्ने सहमति भएको भनिए पनि सचिवालयले कुनै निर्णय गरेको छैन ।
दुई अध्यक्षको बीचमा सहमति भएर मात्र नपुग्ने भन्दै हिजोको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सबै नेता, कार्यकर्ताको भावना अनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए । नेकपामा एकातिर मंसिरको महाधिवेशनलाई लिएर सचिवालयकै सदस्यहरूको गम्भीर आशङ्का छ । अर्कोतिर महाधिवेशनअगाडि सम्पन्न गर्नुपर्ने काम थाती छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्