कोरोना संक्रमित हुनेको संख्या लगातार बढ्दो क्रममा – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

कोरोना संक्रमित हुनेको संख्या लगातार बढ्दो क्रममा

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
विश्वरभरमा कोरोना भाइरसका कारण दैनिक संक्रमित हुनेको संख्या लगातार बढ्दो क्रममा छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हिजो एकै दिन अहिलेसम्मकै धेरै झण्डै दुई लाख ६० हजार मानिसमा संक्रमण पुष्टि भएको छ । डब्लुएचओका अनुसार शनिबार विश्वभर दुई लाख ५९ हजार ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार (जुलाई १७) मा विश्वभर दुई लाख ३७ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । एकै दिन दुई लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण भएको यो पहिलो पटक रहेको डब्लुएचओले जनाएको छ । सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा थपिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्