उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरु पुरस्कृत – Kanika Khabar
Monday, December 8Nepali News Portal

उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरु पुरस्कृत

    मा प्रकाशित

कनिका खबर
साउन ४, नुवाकोट ।
शिक्षा क्षेत्रको विकासमा क्रियाशील यशोदादेवी÷भगवान्सिंह केसी मेमोरियल ट्रस्टले २०७४ र २०७५ को एसइई परीक्षाका उत्कृष्ट अंक ल्याउनेहरुलाई पुरस्कृत गरेको छ । ट्रष्टले हिजो विदुरमा कार्यक्रमको आयोजना गरी नुवाकोट र रसुवाका १२ जना उत्कृष्ट विद्यार्थी पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरूमा नुवाकोटका पाँच र रसुवाका सात जना छन् ।
ट्रस्टका प्रमुख संरक्षक तथा पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीले उनीहरूलाई जनही १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा उत्कृष्ट विद्यालय र प्रधानाध्यापकलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा ट्रष्टका संरक्षक डा. नारायणनरसिंह खत्री, अध्यक्ष डा. केदारनरसिंह केसी, महासचिव जगदीश्वरनरसिंह केसी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल, उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, काङ्ग्रेस जिल्ला प्रवक्ता राजु थापा तथा पुरस्कृत विद्यार्थी रश्मी पनेरूले शिक्षा क्षेत्रको वर्तमान अवस्था र सुधारका विषयमा आआफ्नो धारणा राखेका थिए । पुरस्कृत हुनेहरूमा रश्मी पनेरू, कृष्ण ओझा, शैलजा गजुरेल, बिक्रम तामाङ, निशा गजुरेल, अनुप कोइरालालगायत १२ जना रहेका छन् । नुवाकोट र रसुवा जिल्लामा सरकारी विद्यालयमा अध्ययन गरी एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र छात्रालाई नगद रुपैयाँ सहित सम्मान गर्दै आएको ट्रष्टले आगामी वर्षदेखि पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्