प्रहरीको सफलता, १० वटा चोरीका मोटरसाइकलसिहत १४ जना पक्राउ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रहरीको सफलता, १० वटा चोरीका मोटरसाइकलसिहत १४ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
दाङ प्रहरीले अर्को सफलता प्राप्त गरेको छ । आज पत्रकार सम्मेलन गरी १० वटा चोरीका मोटरसाइकल र चोरी गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएको बताएको छ ।
विशेष सुचनाको आधारमा जिल्ल प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । योसँगै दाङ जिल्ला प्रहरीले अर्को ठुलो सफलता हाँसिल गरेको छ ।

प्रहरीले आइतवार घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले बजाज कम्पनीका ७ वटा, केटिएम ड्यूक १ र एक वटा यामहा कम्पनीका मोटरसाईकल पक्राउ गरेको हो । जसमा रा ४ प ५८३२ नम्वरको २२० सिसीको पल्सर, रा २ प ५०४४ को १५० सिसीको पल्सर, लु ४५ प ८४७ नम्परको १५० सिसीको पल्सर र रा ४ प ६०३९ नम्वर २२० सिसीको पल्सर, रा ४ प २४६, लु ४ प ४१११ र एउटा नम्वर नखुलेको मोटरसाईकल पक्राउ गरेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी चन्दले जानकारी दिएका हुन ।

त्यसैगरी बा ७६ प २९७६ र बा ८५ प ६१५ नम्वरको केटिएम ड्यूक र रा ४ प ६२१९ आर१५ मायाहा कम्पनीको मोटरसाइकलसहित घोराही उपमहानगरपालिका– १३ निवासी १८ बर्षीय संजय परियार, घोराही–१४ का २३ बर्र्षीय समिर सुनार, सोही ठाउँका २१ बर्षीय सुवास कार्की, सोही ठाउँकै ३५ बर्षीय केन्द्रबहादुर डाँगी, घोराही–१६ का २१ बर्षीय सागर हमाल, घोराही–१७ का २३ बर्षीय निरज योगी रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी लमही नगरपालिका–७ निवासी २५ बर्षीय प्रकाश चौधरी, सोही ठाउँ निवासी २५ बर्षीय पाल्टुराम चौधरी, सोही ठाउँ निवासी २७ बर्षीय हेमन्त गिरी, सोही ठाउँकै २४ बर्षीय धनिराम चौधरी, राजपुर गाउँपालिका–२ बेला निवासी १९ बर्षीय आयोज चौधरी,सोही ठाउँका २२ बर्षीय प्रियतम चौधरी, सोही ठाउँका २७ बर्षीय रविप्रताव यादव र सोही ठाउँका २७ बर्षीय राजकुमार यादवलाई पक्राउ परेको प्रहरी प्रम्ुख चन्दले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भैइरहेको समेत चन्दले जानकारी दिएका हुन ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन ९मोर्डिफाई० गरिएका १० जना मोटरसाईकल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।

मास्क अभियान संस्थान केन्द्रित बन्दै
कनिका खबर
साउन ४, दाङ ।
बन्दाबन्दीको समयमा मास्क अभियान चलाएका ‘मास्क सारथि’ वीरु खत्रीले मास्क वितरण अभियानलाई यतिबेला संस्थान केन्द्रित बनाएका छन् । बन्दाबन्दीको समयमा दाङ जिल्लाका विभिन्न स्थानमा पुगी फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई, सामाजिक अभियन्ता, राजनीतिक दलका नेता तथा सर्वसाधारणलाई समेत मास्क वितरण गर्दै आएका खत्री पछिल्लो समयमा विभिन्न संस्थानका कर्मचारीहरुलाई मास्क वितरण गर्दै आएका छन् ।
पछिल्लो चरणमा खानेपानी संस्थानमा अभियन्ता खत्रीले मास्क वितरण गर्दै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्