अमेरिकाको दक्षिणी राज्यहरुमा कोरोना सङ्क्रमणको दर बढ्दै – Kanika Khabar
Thursday, March 20Nepali News Portal

अमेरिकाको दक्षिणी राज्यहरुमा कोरोना सङ्क्रमणको दर बढ्दै

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
अमेरिकाको दक्षिणी राज्यहरुमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । दक्षिणी राज्यहरु फ्लोरिडा, टेक्सास र ऐरिजोनामा कोरोना भाइरसका कारण संङ्क्रमितको संख्या बढ्दै गएको हो । तीमध्ये पनि फ्लोरिडामा कोरोना सङ्क्रमणको दर सबैभन्दा धेरै देखिएको बीबीसीले लेखेको छ । पछिल्लो २४ घन्टामा ९० जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढी मानिसहरु कोरोना सङ्क्रमित फेला परेका छन् । कोरोना संङ्क्रमण दर बढ्न थालेपछि ती राज्यहरुमा दोहो¥याएर लकडाउन जारी गर्नुको साटो मास्क लगाउन भने अनिवार्य गरिएको छ ।
अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि मास्क लगाउने विषयमा बहस सुरु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्