ठाउँ, ठाउँमा बर्षा, राजमार्गहरु अबरुद्ध – Kanika Khabar
Saturday, May 17Nepali News Portal

ठाउँ, ठाउँमा बर्षा, राजमार्गहरु अबरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन ४, काठमाडौं
देशभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने विभागले जनाएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विदहरुको भनाइ छ ।

बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ र २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने छ । यसले विभिन्न नदीहरुको बहाव समेत बढाउने भएकाले बाढीपहिरोको जोखिम हुने हुँदा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्