डडेल्धुराका देखियो सलह – Kanika Khabar
Friday, April 19Nepali News Portal

डडेल्धुराका देखियो सलह

    मा प्रकाशित

कनिका खबर
साउन ४, डडेल्धुरा ।
डडेल्धुराका तीन स्थानीय तहमा सलह किरा देखिएको छ । जिल्लाको परशुराम नगरपालिका, अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकामा सलह किरा देखिएको हो । परशुराम नगरपालिका ७ सादनी, अजयमेरु गाउँपालिका १ को मुद्रडा र भागेश्वर गाउँपालिका ३ को बोगटा र खालमा सलह किरा देखिएको हो । ठूलो हुलमा रहेको सलह देखिएसँगै किसान चिन्तित बनेका छन् ।
गत वर्षसम्म जगंली वनेलले मकै, भट्मासका साथै धानबालीसमेत क्षति पु¥याउने समस्य सहनु परेका किसान यस वर्ष सलहले खेतबारी नष्ट गर्ने भन्दै चिन्तित बनेका हुन् ।

डडेल्धुरामा भित्री मधेसमा सलह किरा यसै वर्ष दोस्रोपटक देखिएको छ ।
अजयमेरु १ मुद्रडामा पहिलोपटक सलह किरा देखिएको छ । खेतीबालीका लागि निकै हानिकारक र खतरनाक मानिएको सलह कीरा जिल्लाका विभिन्न क्षेत्रमा रहेका मकैबालीमा देखिन थालेपछि कृषक किराको रोकथाम तथा बाली बचाउने उपायका लागि स्थानीय तहलाई गुहार्न थालेका छन् । ठूलो संख्यामा सलह देखिएको परशुरामका सादनीका स्थानीय किसान कालुसिंह साउँदले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्