बगरापुर–सगरापुर सामुदायिक वनमा वृक्षारोपण – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

बगरापुर–सगरापुर सामुदायिक वनमा वृक्षारोपण

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
दाङ देउखुरीको बगरापुर–सगरापुर सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरस्थित राप्तीको बगरमा रहेको सामुदायिक वनमा आइतबार वृक्षरोपण गरिएको हो । राप्ती सव डिभिजन वन कार्यालय मसुरीया दाङले उपलब्ध गराएको खयर, सिमल, सिरिस, इपिल, जावुन गरी ५ सय विरूवा १ विगाह क्षेत्रफलमा रोपण गरिएको सामुदायिक वनका अध्यक्ष प्रेमलाल चौधरीले जानकारी दिएका छन् ।
सामुदायिक वनका उपभोक्ताहरूको सहभागीतामा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा बगरापुर गाउँ अगुवा विसम्वर चौधरी र सगरापुर गाउँ अगुवा खुरखुरी चौधरीको विशेष उपस्थिति रहेको थियोे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्